वेबटिभी खबर
काठमाडौं । हिमा गाउँपालिकाले छोरीलाई सम्पति दिने परिवारलाई सम्मान गरेको छ । महिलासँग उपाध्यक्ष कार्यक्रम मार्फत छोरीलाई पनि छोरा समान सम्पति दिएका घर परिवारलाई सम्मान गरेको हो ।
पालिकाले गाउँपालिकाभित्रका छोरीलाई सम्पति दिने परिवारलाई सम्मान गरेको उपाध्यक्ष हिमाली रोकायाले बताइन । उनले भनिन् नेपाल सरकारको छोरा हुन वा छोरी दुबै बराबरी भन्ने नारालाई कार्यन्वयन गर्नका छोरीलाई सम्पति दिने, छुइप्रथा नबार्ने परिवारलाई सम्मान गरिएको हो ।
उनले भनिन्,‘उपाध्यक्ष रोकायाका अनुसार सबै पालिकाले यो नारालाई कार्यान्वयन गर्नु पर्छ । सरकारी नारालाई कार्यान्वयन गराउन स्थानीय सरकारको दायित्व हो । छोरी जन्मिदै विभेदका शिकार बनेका छन् ।
छोरीमाथी गरिने यस्ता खलका विभेदको अन्त्य गर्नका लागि नारी दिवसको अवसरमा छोरीलाई सम्पती दिने र महिनावारी हुदाँ गोठमा नराख्ने परिवारलाई सम्मान गरिएको हो । रोकायाले भनिन् सम्मान पाउनेमा जिरु रोकाया, खम्मा शाही, देबुसुनार ,मुगा शाही डुगल शाही, आनन्द शाही , रहेका छन । यस्ता उदारणिय काम गर्ने १९ जनालाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।
त्यस्तै हिमागाउपालिकाकी उपाध्यक्ष हिमाली रोकायाले भनिन् हाम्रो समाजमा छोरा जन्माउनकै लागी धेरै सन्तान जन्माउने गरेको तितो यर्थात छ । छोरा सरह छोरीले अंश पाउने कानूनमा उल्लेख भएपनि गाउँघरमा मान्यता पाएको छैन ।
काजकिरिया गर्न,अंश खानका लागि छोरा नै जन्माउने संस्कारले अधिकांश महिलाको ज्यान जोखिममा परेको उनको भनाइ छ। कतिपय महिला छोरा नजन्माएकै कारण घरेलुहिंसाका शिकार बनेको उनले बताइन ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij