Logo

२०८३, मंसिर ८ गते सोमवार

२०८३, मंसिर ८ गते सोमवार

मुख्यमन्त्री शाही र  कुलमान घिसिङबीच कर्णालीमा १३२ केभी प्रसारणलाइन पुर्‍याउनेबारे छलफल

मुख्यमन्त्री शाही र  कुलमान घिसिङबीच कर्णालीमा १३२ केभी प्रसारणलाइन पुर्‍याउनेबारे छलफल

  • फाल्गुण २८, २०७८ शनिवार २१:३६ बजे
  • 417
    SHARES
  • मुख्यमन्त्री शाही र  कुलमान घिसिङबीच कर्णालीमा १३२ केभी प्रसारणलाइन पुर्‍याउनेबारे छलफल

    सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही र नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङबीच छलफल भएको छ । मुख्यमन्त्री शाही र घिसिङबीच कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा शनिबार छलफल  भएको हो ।

    छलफलका क्रममा कर्णालीमा विद्युत प्रशारणलाइन विस्तारमा देखिएका समस्या र समाधानका विषयमा छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

    भेटमा निर्देशक घिसिङले एक वर्षभित्र कर्णालीमा १३२ केभी प्रसारणलाइन पुर्याउने, कैलालीको सोल्टा र दाङ हुँदै सल्यानबाटसमेत ३३–३३ केभी प्रसारणलाइन ल्याउने प्रक्रिया शुरू गरिएको बताए ।

    यस्तै, निर्देशक घिसिङले साविक कर्णाली अञ्चलका पाँच जिल्लामा २/२ मेगावाटका सोलार प्लान्ट स्थापना गर्ने प्रक्रियाको पनि थालनी गरिएको जानकारी दिए । भेटका क्रममा मुख्यमन्त्री शाहीले कर्णालीमा विद्युत उत्पादनको सम्भावना धेरै भएपनि हाल ८ मेगावाट मात्रै विद्युत उत्पादन भइरहेको घिसिङले जानकारी गराएका थिए ।

    मुख्यमन्त्रीको कुराको जभाव दिँदै निर्देशक घिसिङले अहिलेको ३३ केभी प्रशारणलाइनका कारण कर्णालीबासीले विद्युतको ठूलो समस्या भोगिरहेको प्रति प्राधिकरण निरन्तर लागि परेको र १३२ केभी प्रशाणलाइनको काम चाँडो सम्पन्न निर्देशन समेत दिने प्रतिवद्धता व्यक्त गरे ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij