Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

पाकिस्तान छोड्न फ्रान्सेली नागरिकलाई आग्रह 

पाकिस्तान छोड्न फ्रान्सेली नागरिकलाई आग्रह 

  • 1.1K
    SHARES
  • पाकिस्तान छोड्न फ्रान्सेली नागरिकलाई आग्रह 

    इस्लामाबाद । पाकिस्तानको इस्लामाबादस्थित फ्रान्सेली दूतावासले पाकिस्तानमा रहेका फ्रान्सेली नागरिक तथा कम्पनीहरुलाई यतिवेला त्यहाँबाट बाहिरिन सल्लाह दिएको छ ।

    पाकिस्तानमा यसै साता भएको फ्रान्सविरोधी हिंस्रक प्रदर्शनका कारण दूतावासले देश छोड्ने सल्लाह दिएको हो । समाचार संस्था फ्रान्स २४ का अनुसार दूतावासले पाकिस्तानमा फ्रान्स विरोधी भावना फैलिएकाले अस्थायी रुपमा त्यहाँबाट बाहिरिन भनेको हो ।

    पाकिस्तानको गृहमन्त्रालयले तहरिक ए लब्ब्याक पाकिस्तानविरुद्ध कानुनी कारबाही गर्ने बताएपछि फ्रान्सले यस्तो कदम उठाएको हो । तहरिक ए लब्ब्याक पाकिस्तान, कट्टरपन्थी इस्लामिक समूह हो, जसलाई पाकिस्तानमा हालै भएका फ्रान्स विरोधी प्रदर्शनका लागि जिम्मेवार ठहर्याइएको छ ।

    पाकिस्तानको केन्द्रीय सरकारले तहरिक ए लब्ब्याक पूर्वप्रमुख खादिम हुसेन रिजवीसँग २०२० को नोभेम्बर १६ मा चार सुत्रीय सम्झौता गरेको थियो । खादिमले फ्रान्सका राजदूतलाई देशबाट निकाल्ने माग गरेका थिए ।

    सरकारले तहरिक ए लब्ब्याकको मार्च रोक्न गरेको सम्झौताअनुसार उक्त मुद्दा संसदमा लैजाने आश्वासन दिए पनि सम्झौता लागू भएन । सम्झौता लागू नभएपछि पुनः फेबु्रअरी २०२१ म फ्रान्सेली राजदूत फिर्ता पठाउन सरकारलाई २० अप्रिलसम्मको समय दिएको छ ।

    त्यहाँ तहरीक ए लब्याकका नेता साद हुसेन रिजवी र उनका धेरै सहयोगीहरू पक्राउ परेपछि देशका धेरै ठाउँमा हिंसात्मक प्रदर्शन भइरहेका छन् । पुलिसले साद रिजवी लगायत तहरीक ए लब्याक पाकिस्तान पार्टी (टीएलपी) का धेरै नेताविरूद्ध आतंकवाद विरोधी कानुनअन्तर्गत मुद्दा दायर गरेको छ ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij