Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

पाल्पाका किसान व्यवसायिक च्याउ खेतीतर्फ आकर्षित

पाल्पाका किसान व्यवसायिक च्याउ खेतीतर्फ आकर्षित

  • 677
    SHARES
  • पाल्पाका किसान व्यवसायिक च्याउ खेतीतर्फ आकर्षित

    पाल्पा । पाल्पाका किसान पछिल्लो समय च्याउ खेतीतर्फ आकर्षित हुँदै गएका छन् । कम लगानी र प्रतिफल धेरै हुन थालेपछि उनीहरू व्यवसायिक रूपमा च्याउ उत्पादन गर्न थालेका हुन ।

    किसान परम्परागत खेती गर्न छाडेर काठको मुढामा सिताके जातको च्याउखेती गर्न थालेका छन् । सामूहिक तथा व्यक्तिगत रूपमा च्याउखेती गरी गाउँमा प्रशस्त आम्दानी हुन थालेपछि उनीहरूको जीवनशैलीमा परिवर्तन आउन थालेको छ ।

    तानसेन नगरपालिका-८, मदनपोखराका ६३ परिवारले सामूहिकरूपमा सिताके च्याउखेती सुरु गरेका छन् । प्रतिपरिवार १० हजार रकम उठाएर च्याउखेती गरेका उनीहरूको आर्थिक अवस्थामा सुधार आएको हो ।

    तानसेनका व्यवसायी अनिल घिमिरेले २ लाख ५० हजार लगानी गरेर च्याउखेती सुरू गरेका छन् । अहिले उनको च्याउन फार्ममा ५० लाख बराबरको लगानी रहेको छ । ५ सय काठका मुढाबाट च्याउखेती सुरू गरेका घिमिरेसँग अहिले ५० हजार मुढा छन् ।

    घिमिरेले स्थानीय सामुदायिक वनबाट काठका मुढा किनेर सिताके च्याउखेती सुरू गरेका हुन् । उनले च्याउखेतीबाट वार्षिक १५ लाखसम्म आम्दानी गर्दै आएका छन् । व्यवसायिक रूपमा च्याउखेती गर्न थालेपछि यहाँका किसानले नियमित आम्दानी गर्न थालेका छन् ।

    मदनपोखरा सामूहिक सिताके च्याउ उत्पादक समूहका अध्यक्ष सन्तोष पृथीका अनुसार नियमित आम्दानी भएपछि घरखर्च गरी केही पैसा समूह, सहकारी र बैंकमा बचत गर्न थालेका छन् ।

    परम्परागत खेती गर्दा बाँदर तथा अन्य वन्यजन्तुबाट जोगाउन समस्या हुने गरेकोमा अहिले च्याउ खेतीबाट प्रशस्त आम्दानी गर्न सफल भएको अध्यक्ष पृथीले बताए । यहाँ उत्पादन भएको च्याउ पाल्पा, बुटवल, चितवन, पोखरालगायत ठाउँमा बिक्री वितरण गरिन्छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij