वेबटिभी खबर
हुम्ला । हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकाको तीन वडाका ३ हजार नागरिक गत साउनदेखि अन्धकारमा बस्न बाध्य भएका छन् । अदानचुली ४, ५ र ६ मा ८ महिनादेखि विद्युत् सेवा अवरुद्ध भएको जनाइएको छ ।
साउनमा परेको अविरल वर्षाका कारण कुकुरफाल्ना जलविद्युत् आयोजनाको भत्केको नहर अझैसम्म मर्मत नहुँदा यहाका नागरिक अन्धकारमा बस्न बाध्य भएका हुन् । तीन वडावासीले अहिले सल्लाको दियालो तथा सोलार बालेर रात बिताउँदै आएका छन् ।
नहर मर्मतमा चासो नराख्दा विद्युत आयोनना सञ्चालनमा आउन सकिरहेको छैन । उक्त विद्युत्को नहरमा ठाउँ-ठाउँमा माथिबाट जमिन भासिएर भत्किएकाले मर्मत गर्न ठूलो रकम चाहिने बताइएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij