Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

पीएनजी विरुद्ध बलिङ गर्दै नेपाल

पीएनजी विरुद्ध बलिङ गर्दै नेपाल

  • 631
    SHARES
  • पीएनजी विरुद्ध बलिङ गर्दै नेपाल

    काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको एकदिवसीय शृंखलामा नेपालले पपुवा न्युगिनी (पीएनजी) विरुद्ध टस हारेको छ । संयुक्त अरब इमिरेट्स (यूएई)को शारजहाँमा नेपालले टस हारेसँगै बलिङ गर्नेछ । पीएनजीले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ ।

    नेपाल पीएनजीलाई हराउँदै शृंखलामा सुखद् सुरूवात गर्न चाहन्छ । पीएनजी पनि नेपाललाई हराएर पहिलो जित निकाल्ने दाउमा छ । नेपाल पहिलो पटक सन्दीप लामिछानेको कप्तानीमा एकदिवसीय खेल खेल्दै छ । नेपालले यसअघि पीएनजीविरुद्ध खेलेको दुवै एकदिवसीय आफ्नो पक्षमा पारेको छ ।

    शृंखलाअघि नेपालले श्रीलंकामा चार अभ्यास खेल खेलेको थियो  । तीन खेल जित्दा एकमा हार व्यहोरेको छ । लिग–२ मा नेपालले आठ खेलमा आठ अंक जोडेर छैटौं स्थानमा छ । अंकविहीन पीएनजी १३ खेल खेल्दै पुछारमा  छ ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij