वेबटिभी खबर
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मुलुकलाई निकास दिन गठबन्धन सरकार निर्माण भएको बताए ।
नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं १० ले शनिबार आयोजना गरेको ‘पार्टीको संरचना र वर्तमान दायित्व तथा एमसीसी’ विषयमा आयोजित प्रशिक्षण कार्यक्रममा उनले संविधानको रक्षा गर्दै मुलुकलाई निकास दिन वर्तमान गठबन्धन सरकार निर्माण भएको बताएका हुन् ।
उनले भने,‘केपी ओली सरकारले जनताबाट पाएको जनमतको अपमान गरी संविधान विपरीत चलेपछि मुलुकलाई निकास दिन कांग्रेसको नेतृत्वमा गठबन्धन सरकार निर्माण भएको हो ।’
गठबन्धन सरकार कांग्रेसको चाहना नभई मुलुकलाई निकास दिनका लागि बनेको उनको भनाइ छ । पार्टीका पूर्वमहामन्त्री सिंहले आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा पार्टीको कार्यकर्ताको भावनालाई बुझेर गठबन्धनबारे निर्णय लिने बताए ।
उनले हरेक राजनीतिक परिवर्तनको नेतृत्वकर्ता कांग्रेस भएको बताउँदै कांग्रेसले देशलाई शंकट पर्दा निकास दिँदै आएको उल्लेख गरे ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij