Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

मोरङको लेटाङ तनावग्रस्त, एक प्रहरीको मृत्यु

मोरङको लेटाङ तनावग्रस्त, एक प्रहरीको मृत्यु

  • चैत्र ६, २०७८ आइतवार २२:३० बजे
  • 700
    SHARES
  • मोरङको लेटाङ तनावग्रस्त, एक प्रहरीको मृत्यु

    विराटनगर । मोरङको लेटाङमा  विद्यार्थीमाथि दुर्व्यवहार गरेको विषयमा भएको विवादले उग्ररुप लिएको छ। विवाद बढ्दै जाँदा भएको झडपमा महिला प्रहरी उर्मिला श्रेष्ठको मृत्यु भएको छ। मृत्युको पुष्टि प्रहरीले गरिसकेको छैन। 

    आइतबार लेटाङ नगरपालिका ५ खेरुवास्थित शिक्षा विकास माविका ५६ वर्षीय शिक्षक मनोज पौडेलले कक्षा ६ मा अध्ययनरत विद्यार्थीमाथि होलीका दिन दुर्व्यवहार गरेको घटना सार्वजनिक भएसँगै आक्रोशित स्थानीयवासीले विद्यालय घेरेका थिए। 

    नगरपालिकाका प्रमुख शंकर राईले घटनापछि भीड नियन्त्रणका लागि सुरक्षाकर्मीको उपस्थिती बाक्लो बनाएका थिए । तर, आक्रोशित भीडले विद्यालय परिसरमा शिक्षकलाई विद्यालय बाहिर निकालेर कुटपिट गर्न खोजेपछि अवस्था नियन्त्रण बाहिर गएको उनले बताए। 

    विद्यालय तनावग्रस्त बनेपछि प्रहरीको टोली सुरक्षाका लागि पुगेको थियो।  आक्रोशित भीडले बिद्यालयमा आगजनी समेत गरेको थियो। विद्यालयभित्रै लुकेर बसेका आरोपित शिक्षक पौडेललाई भने प्रहरीले साँझ निकाल्ने क्रममा आक्रोशित भीडले आक्रमण गरेको थियो।

    स्थानीयका अनुसार मृतक प्रहरीको घाँटीमा छुरा प्रहार गरिएको बताइएको छ।  प्रदर्शनमा उत्रिएकाहरुले शिक्षक र स्थानीय जनप्रतिनिधिलाई कोठामै थुनेर प्रदर्शन गर्दै आगजनीको प्रयास गरेपछि स्थिति तनावग्रस्त बनेको हो । विद्यालयको अवस्था तनावग्रस्त बनेपछि पुगेको प्रहरी टोली र प्रदर्शनकारीबीच झडप हुँदा केही प्रहरी र प्रदर्शनकारी घाइते भएका छन् ।प्रदर्शनकारीहरुले प्रदर्शनका क्रममा आरोपित शिक्षकको मोटरसाइकल समेत जलाइ दिएका छन् ।


    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij