Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

किभको सपिङ मलमा बिस्फोट, ८ जनाको मृत्यु

किभको सपिङ मलमा बिस्फोट, ८ जनाको मृत्यु

  • 638
    SHARES
  • किभको सपिङ मलमा बिस्फोट, ८ जनाको मृत्यु

    किभ । रुसी सेनाले युक्रेनको राजधानी किभस्थित एउटा सपिङ मलमा शक्तिशाली बिस्फोट गराउँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ । बिस्फोटमा केही घाइते भएका छन् । 

    रेट्रोभाइल सपिङ मलमा रुसी सेनाले बिस्फोट गराएका हुन् । बिस्फोटपछि सपिङ मल वरपर राखिएका सवारी साधनहरुमासमेत क्षति भएको थियो । 

    बिस्फोटपछि १० तले सो भवनमा आगो लागेको थियो । आगो निभाउन ६३ अग्नि नियन्त्रकहरु परिचालन गरिएको प्राप्त विवरणहरुमा जनाइएको छ । 

    पछिल्लो समयमा रुसी सेनाले आवासीय भवन र सैनिक अखडाहरुलाई निशाना बनाएको छ । रुसी हमलामा अहिलेसम्म १ करोड युक्रेनीले घर छाडेका राष्ट्रसंघको शरणार्थीसम्बन्धी निकाय यूएनएचसीआरले जनाएको छ । २४ फेब्रुवरीदेखि सुरु भएको रुसी हमलापछि लाखौँ युक्रेनीले विभिन्न देशमा शरण लिएका छन् ।  
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij