Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

भूकम्पबाट घर गुमाएका ६२ परिवारलाई पक्की घर 

भूकम्पबाट घर गुमाएका ६२ परिवारलाई पक्की घर 

  • 375
    SHARES
  • भूकम्पबाट घर गुमाएका ६२ परिवारलाई पक्की घर 

    सिन्धुपाल्चोक । भूकम्पबाट घर गुमाएका मेलम्ची-१२ गिरान्चौरका ६२ घर धुरीलाई पक्की घर हस्तान्तरण गरिएको छ । राष्ट्रिय पुनःनिमार्ण प्राधिकरण, चौधरी फाउण्डेशन, मेलम्ची नगरपालिका र बस्ती निमार्ण समितिद्वारा सोही स्थानमा निर्मित नम्डोललिङ नमूना एकीकृत बस्ती आज समुदायलाई हस्तान्तरण गरिएको हो ।

    ती भवन हस्तान्तरण समारोहमा फाउण्डेशनका अध्यक्ष विनोध चौधरीले बस्तीसँगै अब आयआर्जन गर्नका लागि यहाँका समुदायले चासो दिनुपर्ने बताए । उनले डिजिटिल शिक्षा, स्वास्थ्य, स्वस्च्छ खानेपानीका लागि पनि फाउण्डेशनले सहयोग गरेकामा आगामी दिन आवश्यक सहयोग गर्ने जानकारी दिए ।

    जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले भूकम्पले ध्वस्त बनाएको बस्ती पुनःनिमार्णमा सहयोग गर्ने संस्थाप्रति आभार व्यक्त गर्दै आगामी दिन थप सहयोगको अपेक्षा गरेकाे बताए ।

    राष्ट्रिय पुनःनिमार्ण प्राधिकरणको ३ लाख, चौधरी फाउण्डेशनको ८ लाख र स्थानीयवासीको प्रति घर १३ लाखको लागतमा ६२ वटा चार कोठे पक्की घर निर्माण गरिएको हो । ती घरमा शौचालय, खानेपानी, विद्युतलगायत सुविधा पनि उपलब्ध गराइएको इञ्जिनीर शरद दुलालले जानकारी दिए ।

    शैक्षिकसँगै आर्थिक क्षेत्रलाई पनि जोड्न र आयआर्जनका लागि स्थानीयवासीलाई सहज गराउन फाउण्डेशनको सहयोगमा गाउँमै रहेको इँट्टा उद्योगलाई व्यवस्थित र थप विस्तार गर्दै लैजाने योजना रहेको बस्ती निर्माण समितिका अध्यक्ष कर्मासिं लामाले बताए ।

    पानीको समस्यामा रहेका स्थानीयवासीलाई लिफ्टबाट घर-घरमा पानी उपलब्ध गराउनुका साथै एकीकृत रूपमा नयाँ पक्की घर पाएपछि स्थानीयवासीले खुसी व्यक्त गरेका छन् । २०७२ को भूकम्पमा सिन्धुपाल्चोकमा ९१ हजार ९४ परिवार लाभग्राहीको सूचिमा परेका थिए ।

    हालसम्म ८४ हजार १७५ घर  निर्माण भइसकेका बाँकी निर्माणाधीन अवस्थामा रहेको जिल्ला आयोजना कार्यान्वयन एकाईले जनाएको छ ।  

  • सम्बन्धित विषय:

  • # पक्की घर

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij