Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

पूर्वखोला गाउँपालिकामा निःशुल्क भिडियो एक्स-रे सेवा 

पूर्वखोला गाउँपालिकामा निःशुल्क भिडियो एक्स-रे सेवा 

  • 456
    SHARES
  • पूर्वखोला गाउँपालिकामा निःशुल्क भिडियो एक्स-रे सेवा 

    पाल्पा । पाल्पाको पूर्वखोला गाउँपालिकाले निःशुल्क भिडियो एक्स-रे तथा जनस्वास्थ्य प्रयोगशाला सेवा सुरु गरेको छ ।

    रिंगनेरह स्वास्थ्य चौकीमा स्थापना गरिएको उक्त सेवा प्रत्येक महिनाको एक दिन घुम्ती शिविरको आयोजना गरी वडावडाका स्वास्थ्य संस्थामार्फत सेवा दिने उद्देश्यले भिडियो एक्स-रे तथा जनस्वास्थ्य प्रयोगशाला स्थापना गरिएको स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले जानकारी दिए ।

    नागरिकको स्वास्थ्य आधारभूत आवश्यकता रहेकाले पालिकाले त्यसलाई प्राथमिकतामा राखेर प्रदेश सरकारसँग समन्वय गरी भिडियो एक्स-रे सेवाको सुरुआत गरिएको गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले बताए ।

    सामान्य एक्स-रे र रगत जाँचकै लागि उपचार शुल्कभन्दा बढी यातायात शुल्क तिरेर सदरमुकाम जानुपर्ने बाध्यता थियो । भिडियो एक्स-रे र प्रयोगशाला सेवा लिन तानसेन जानुपर्ने समस्या अब हटेको हो ।

    गाउँपालिकाको स्वास्थ्य शाखाको यही चैत ७ गतेसम्मको तथ्यांक अनुसार ११२ जना गर्भवती पालिकाभित्र छन् । पालिकाले ६ वटै वडामा प्रत्येक महिनाको एक दिन निः शुल्क भिडियो एक्स-रे र जनस्वास्थ्य प्रयोगशाला सेवा सुरु गर्ने निर्णय गरेको छ ।

    भिडियो एक्स-रे मेशिन स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र लुम्बिनी प्रदेशबाट प्राप्त भएको हो भने तालिम स्वास्थ्य केन्द्र प्रदेशको समन्वयमा भएको थियो । आधारभूत स्वास्थ्य सेवा स्थानीय तहको प्रत्येक वडाबाट प्रवाह गरिनुपर्ने भनिए पनि अझै पनि कतिपय पालिकामा यस्तो व्यवस्था छैन ।

    स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा केन्द्र निर्माण तथा सेवा सञ्चालन सम्बन्धी कार्यविधि-२०७५ मा स्वास्थ्य संस्था नभएका वडाहरूमा क्रमशः स्वास्थ्य संस्था स्थापना गरिँदै लगिने उल्लेख छ ।

    यसका साथै सम्बन्धित स्थानीय तहले स्वास्थ्य संस्था नरहेका आफ्ना वडाहरूमा आधारभूत स्वास्थ्य सेवा केन्द्रको स्थापना गर्नुपर्ने व्यवस्था छ । भिडियो एक्स-रे र प्रयोगशाला जस्ता सामान्य सेवाका लागि पनि अन्यत्र निर्भर रहनुपर्ने अवस्था छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij