Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

पोर्चुगल र पोल्यान्ड विश्वकपमा छनोट

पोर्चुगल र पोल्यान्ड विश्वकपमा छनोट

  • 625
    SHARES
  • पोर्चुगल र पोल्यान्ड विश्वकपमा छनोट

    काठमाडौं । युरोपेली छनोटको प्लेअफ फाइनलमा विजयी हुँदै पोर्चुगल र पोल्यान्ड कतार फिफा विश्वकप-२०२२ छनोट भएका छन् ।

    मंगलबार राति भएको खेलमा पोर्चुगलले नर्थ म्यासेडोनियालाई २-० अन्तरले पराजित गरेको हो । क्रिष्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलको जितमा दुवै गोल ब्रुनो फर्नान्डेसले गरे ।

    ३२औं मिनेटमा ब्रुनोले रोनाल्डोको पासमा गोल गरे । ६५ औं मिनेटमा डिओगो जोटाको पासलाई सदुपयोग गर्दै ब्रुनोले पोर्चुगललाई विश्वकपमा स्थान दिलाए ।

    प्लेअफकै अर्को खेलमा पोल्यान्डले स्विडेनलाई २-० अन्तरले हराउँदै विश्वकपमा स्थान पक्का गर्‍यो । घरेलु टोलीको जितमा कप्तान रोबर्ट लेवान्डोस्की र पिओटर जिलेन्स्कीले समान १-१ गोल गरे ।

    पहिलो हाफ गोलरहित बराबरीमा सकिँदा ५औं मिनेटमा लेवान्डोस्कीले पेनाल्टीमा गोल गरे । ७२औं मिनेटमा जिलेन्स्कीले गोल गर्दै पोल्यान्डको जित पक्का गरे ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij