Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

पाकिस्तानले अप्रिलदेखि २७ प्रतिशत पानीको अभाव झेल्दै

पाकिस्तानले अप्रिलदेखि २७ प्रतिशत पानीको अभाव झेल्दै

  • 479
    SHARES
  • पाकिस्तानले अप्रिलदेखि २७ प्रतिशत पानीको अभाव झेल्दै

    इस्लामावाद । पाकिस्तानमा पानीको संकट झन् खराब हुँदै गएको अधिकारीहरूले बताएका छन् ।

    खरीफ ऋतुको अप्रिल १० सुरुदेखि देशमा २७ प्रतिशतसम्म पानीको अभाव हुन सक्ने बिहीबार सिन्धु नदी प्रणाली प्राधिकरण (आईआरएसए) ले जानकारी गराएको हो ।

    प्राधिकरणको सल्लाहकार समितिको बैठकले पाकिस्तान खरीफ मौसमको सुरुमा २० प्रतिशतदेखि २७ प्रतिशतसम्म पानीको आपूर्तिको अभाव हुन सक्ने बताएको हो ।

    यद्यपि खरीफको समय यो अभाव  आठ प्रतिशतदेखि १० प्रतिशत हुने सम्भावना रहेको सरकारी छ स्रोतलाई उद्धृत गरी द नेशनले लेखेको छ । 

    हालैका वर्षहरूमा पाकिस्तानमा पानीको सङ्कट झन्झन् खराब हुँदै गइरहेको छ । पाकिस्तानले पिउने पानी, शिक्षा र चिकित्सा सुविधालगायत आधारभूत आवश्यकताहरूसँग संघर्ष गरिरहेको छ । 

    आईआरएसए खानेपानी सम्झौता १९९१ ले वर्षमा दुई पटक, खरीफ र रबि ऋतु सिजनको लागि देश र प्रान्तीय हिस्सामा पानीको व्यवस्थापन गरेको छ । रबी मौसम अक्टोबर १ देखि सुरु हुन्छ र मार्च ३१ मा अन्त्य हुन्छ भने खरिफ अप्रिल १ देखि सुरु भई सेप्टेम्बर ३० सम्म जारी रहन्छ । 

    ‘द नेशन’ले रिपोर्ट गरेअनुसार बालोचिस्तान र खैबर पख्तुनख्वाको पानीको हिस्सालाई भने कटौती गर्न नपाइने सम्झौतामा उल्लेख छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij