Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

मेरो ज्यान जोखिममा छ : प्रधानमन्त्री खान 

मेरो ज्यान जोखिममा छ : प्रधानमन्त्री खान 

  • 454
    SHARES
  • मेरो ज्यान जोखिममा छ : प्रधानमन्त्री खान 

    एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफ्नो ज्यान जोखिममा रहेको विश्वस्त स्रोतबाट सूचना पाएको दाबी गरेका छन् । प्रधानमन्त्री खानले आफू निडर भएर स्वतन्त्र र लोकतान्त्रिक पाकिस्तानका लागि लडाइँ जारी राख्ने बताए ।

    आफूविरूद्ध संसदमा पेस भएको अविश्वासको प्रस्तावमाथि आइतबार हुने मतदानभन्दा एक दिन अगाडि समाचार संस्था एआरवाईसँगको एक अन्तवार्तामा प्रधानमन्त्री खानले देशको शक्तिशाली सेनाले आफूलाई  तीनवटा विकल्पहरू–अविश्वासको मत, मध्यावधी निर्वाचन र प्रधानमन्त्री पदबाट राजीनामा दिएको बताएका छन् ।

    आफ्नो ज्यान जोखिममा रहेको र विपक्षीहरूले चरित्र हत्या गरेको उनले दाबी गरे । मेरो ज्यान पनि जोखिममा छ भन्ने मेरो देशलाई जानकारी गराउन चाहन्छु । विपक्षीले  मेरो चरित्र हत्याको योजना बनाएका छन् ।

    उनले भने,‘म मात्र होइन मेरी श्रीमतीलाई पनि चरित्र हत्याको योजना गरेका छन् ।’ 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij