Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

ललितपुर गिम्दीका आमाहरू छोरीलाई सुरक्षित महिनावारी शिक्षा दिँदै

ललितपुर गिम्दीका आमाहरू छोरीलाई सुरक्षित महिनावारी शिक्षा दिँदै

  • 391
    SHARES
  • ललितपुर गिम्दीका आमाहरू छोरीलाई सुरक्षित महिनावारी शिक्षा दिँदै

    काठमाडौं । गिम्दीकी १४ वर्षीया अनुशा घरमै बनेको कपडाको पुनः प्रयोग गर्न मिल्ने प्याड प्रयोग गर्दछिन् । महिनावारी भएको बेला पोसिलो खाना खाने, प्रशस्त आराम गर्ने तथा घरमै कपडाको  पुनः प्रयोग गर्न मिल्ने प्याडको शिक्षा र सिप उनकी आमा सीता दुलालले दिएकी छिन ।

    एक छोरी र एक छोराकी आमा सीता भन्छिन्,‘महिलाको लागि भनेर सुरक्षित महिनावारी तथा पुनः प्रयोग गर्न मिल्ने प्याड निर्माण सम्बन्धी तालिमपछि हामीले त्यही सिप र ज्ञान हाम्रा छोरीलाई दियौं ।’

    एक गैरसरकारी संस्थाको महिला सशक्तीकरण कार्यक्रमअन्तर्गत नारायणी महिला समूहका, गिम्दी बाग्मती गाउँपालिका–७ का १२ जना महिलालाई सुरक्षित महिनावारी तथा पुनः प्रयोग गर्न मिल्ने प्याड सम्बन्धी तीन दिने तालिमपछि स्थानीय महिलाले लाभ लिइरहेका छन् ।

    उक्त संस्थाले आफ्नै पहलमा  गतफागुन १३ र १४ गते एक जना महिला तथा १२ जना किशोरीलाई एक दिने तालिम प्रदान गरेको थियो । तालिम पश्चात् ती महिला तथा किशोरी समाजमा अन्य महिला तथा किशोरीमा जनचेतना फैलाउने कार्य गरिरहेकी छन् ।

    अनुशा महिनावारी हुँदा आफूलाई थाहा नभएको कुरा आमासँग सल्लाह लिने गरेको बत्ताउँछिन् । उनी भन्छिन्,‘विद्यालयमा आफ्ना साथीहरूलाई पनि पुनः प्रयोग गर्न मिल्ने प्याडको फाइदा बारे बताइरहेकी हुन्छु ।

    महिनावारी हुँदा लामो समयसम्म बजारमा पाइने सेनिटरी प्याडको र त्यसका असर थाहा नभएको हुनाले लामो समयसम्म एउटै प्याड प्रयोग गरिराख्दो स्वास्थ्यमा विभिन्न समस्या आइरहेका थिए । अब भने सीता र उनकी छोरी अनुसा सचेत भइसकेका छन् । महिनावारी हुँदा आफ्नो र आफ्नो छोरीको राम्रो ख्याल गर्ने महिनावारी हुँदा आफैले बनाएको प्याड प्रयोग गर्छन् ।

    अनुशा मात्रै होइन बागमती गाउँपालिका(७ गिम्दी कटुवाकी रमा विक प्याड बनाउने तालिम लिनुभन्दा अगाडी महिनावारी हुँदा आफूले धेरै समस्या भोगेको बताउँछिन् । पहिला महिनावारी भएको समयमा घरमा छुट्टै बस्नु पर्ने, भान्छामा छुन नहुने आदि कारणले धेरै समस्या आएको उनी बताउँछिन् ।

    प्याड बनाउने तालिम लिइएपछि आफूमा आएको परिवर्तनबारे बेलिबिस्तार लगाउँदै विक आफूले लिएको तालिम मेरो छोरीलाई सिकाएको बताउँछिन् । भन्छिन्, ‘अहिले म महिनावारीको बारेमा खुलेर कुरा गर्न सक्ने भएकी छु ।’ 

    गिम्दी मगरगाउँकी अरिता तुम्सिङ पनि महिनावारी हुँदा घरमा भएका पुराना कपडा प्रयोग गर्थे गरेको बताउँछिन् । उनी भन्छिन्, ‘त्यो कपडा ६र६ घण्टामा प्रयोग गरेको कपडा फेर्नु पर्छ भन्ने थाहा थिएन । त्यसैले इन्फेक्सन हुन्थ्यो ।’ प्याड बनाउन सिकेपछि आफूले धेरै राहत पाएको उनको भनाई छ । भन्छिन्, ‘अहिले धेरै सजिलो भएको छ ।’

    गिम्दी सुवानेकी विष्णु माया लो भने स्कुल जाने समयमा स्कुलमा प्रयोग गरेको प्याड फ्याँक्ने ठाउँ नभएले एउटै प्याड लामो समयसम्म प्रयोग गर्थे र त्यसले गर्दा घाउ खटिरा आउने र समस्या भोग्नु परेको बताउँछिन् । भन्छिन्,‘मैले प्याड बनाउनसँगै आफू सुरक्षित हुन सिके ।’ 

    असुरक्षित महिनावारीले महिला तथा किशोरीको प्रजनन स्वास्थ्यमा गहिरो नकारात्मक प्रभाव पर्न सक्छ । तसर्थ बेलैमा सावधानी अपनाउन जरुरी छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij