Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

पीएनजीलाई नेपालले दियो १६९ रनको लक्ष्य

पीएनजीलाई नेपालले दियो १६९ रनको लक्ष्य

  • 606
    SHARES
  • पीएनजीलाई नेपालले दियो १६९ रनको लक्ष्य

    काठमाडौं । त्रिदेशीय अन्तर्राष्ट्रिय टी-२० शृंखलाको अन्तर्गत सोमबार भएको खेलमा नेपालले उपाधीका लागि नेपालले पपुवा न्युगिनी (पीएनजी)विरुद्ध ६९ रनको लक्ष्य दिएको छ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ६८ रनको योगफल तयार गर्‍यो ।

    नेपालका लागि अर्धशतकीय इनिङ खेलेका दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ५४ रन बनाए । उनले ३८ बलमा पाँच चौका प्रहार गरे । नेपालले स्कोरबोर्डमा ४४ रन जोड्दा दुई विकेट गुमाएको नेपालले ८२ रनमै तेस्रो, चौथो र पाँचौ विकेट गुमाएको थियो । यस्तै, नेपालले एक सय १४ रनमा छैटौं विकेट गुमाएको थियो ।

    नेपालका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख क्रमशः २५ रन र २९ रनमा आउट भएका थिए । यस्तै, तेस्रो नम्बरमा ब्याटिङका लागि आएका रोहितकुमार पौडेल दुई रनमा आउट हुँदा दिलीप नाथ र आरिफ शेख डकआउट भएका थिए ।

    यसबाहेक आक्रामक ब्याटिङ गरेका करण केसीले १२ बलमा पाँच चौका र एक छक्कासहित ३३ रन जोडे । नेपालले लिग चरणमा सत प्रतिशत जितसहित फाइनलको टिकट काटेको थियो । यस्तै, पिएनजीले भने तीनमा हार र एक खेलमा जितसहित फाइनलमा स्थान बनाएको हो ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij