Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

भूमि आयोग बाँकेका अध्यक्ष यादनद्वारा पदभार ग्रहण

भूमि आयोग बाँकेका अध्यक्ष यादनद्वारा पदभार ग्रहण

  • 895
    SHARES
  • भूमि आयोग बाँकेका अध्यक्ष यादनद्वारा पदभार ग्रहण

    काठमाडौं । राष्ट्रिय भूमि आयोग बाँकेको अध्यक्ष पदमा नियुक्त भएका श्रवण कुमार यादवले आज पदभार ग्रहण गरेका छन् । नेपालगन्जस्थित जिल्ला समन्वय समितिको कार्यालयमा रहेको भुमि सम्बन्धी समस्या समाधान आयोगको कार्यालयमा यादवले पदभार ग्रहण गरेका हुन् ।

    नेपाल सरकार मन्त्रीपरिषदको २०७८ चैत्र १७ गतेको निर्णय अनुसार राष्ट्रिय भूमि आयोग बाँकेको अध्यक्षमा यादव चयन भएका थिए । पदभार गर्दै अध्यक्ष यादवले आफुले पाएको जिम्मेवारीलाई इमान्दारीपुर्वक पुरा गर्ने प्रतिवद्धता जनाएका छन् ।

    उनले बाँकेमा भूमि सम्बन्धि समस्या जटिल रहेको बताउँदै भूमिहीनका समस्या समाधानमा विशेष कार्य गरिने र त्यसका लागि सबै दल र जनताको सहयोग आवश्यक रहेको बताएका छन् ।

    कार्यक्रममा पुर्व मन्त्री इस्तियाक राई, जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजय श्रीवास्तव, जनता समाजवादी पार्टी बाँकेका अध्यक्ष कमरुद्दीन राई र सचिव राजेन्द्र विश्वकर्म, जिल्ला प्रशासन कर्यालयका प्रशासकीय अधिकृत, भूमि सुधार तथा मालपोत कार्यालय प्रमुख, नापी कार्यालयका प्रमुख, डिभिजन वन कार्यालय बाँकेका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij