Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

असिनाले खेतीबाली नष्ट

असिनाले खेतीबाली नष्ट

  • 450
    SHARES
  • असिनाले खेतीबाली नष्ट

    म्याग्दी । म्याग्दी जिल्लाको विभिन्न स्थानमा शनिबार दिउँसो परेको असिनापानीले खेतीबाली नष्ट पारेको छ । बेनी नगरपालिका सहित रघुगंगा र मंगला गाउँपालिकामा असिनाले गहुँ, जौं, आलु, मकैबालीमा क्षति पुर्याएको हो ।

    रघुगंगाको बेग, भगवती, पिप्ले, मौवाफाँट, बेनीको रत्नेचौर, भकुण्डे, भकिम्ली, डडुवा, मंगलाको बरङ्जा, सीमलचौरमा हावाहुरीसहितको असिना परेको थियो ।

    भित्र्याउने बेला भएको गहुँ, भर्खरै उम्रिएको मकै र आलुका बिरूवा असिनाले चुटेर नष्ट बनाएको रघुगंगा-३ मौवाफाँटका कृष्णप्रसाद शर्माले जानकारी दिए । यतिखेर जिल्लाको मध्यपहाडी र लेकाली क्षेत्रमा गहुँ भित्र्याउने चटारो छ ।

    असिनापानीले सुन्तला फलफूल र तरकारी खेतीमा पनि क्षति गरेको मंगला-३ बरङ्जाका कृष्णलाल सापकोटाले बताए । क्षतिको पूर्ण विवरण आइ नसकेको कृषि ज्ञान केन्द्रले जनाएको छ । स्थानीय तहका कृषि प्राविधिकलाई क्षतिको विवरण संकलनका लागि परिचालन गरिएको केन्द्रले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij