Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

मलेसिया प्रो क्लब च्याम्पियनसिपको फाइनलमा

मलेसिया प्रो क्लब च्याम्पियनसिपको फाइनलमा

  • 476
    SHARES
  • मलेसिया प्रो क्लब च्याम्पियनसिपको फाइनलमा

    काठमाडौं । उत्तर प्रदेश-११ लाई १४ रनले हराउँदै मलेसिया-११ नेपाल प्रो क्लव च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । 

    बिहिबार भएको पहिलो सेमिफाइनल वर्षाका  कारण प्रभावित हुँदा ५ ओभरमा झारिएको थियो । 

    भैरहवाको सिदार्थ क्रिकेट रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको मलेसिया-११  ले तीन विकेट गुमाउँदै ४४ रन बनाएको थियो । 
    ओपनर बिरन्दिप सिंहले अविजित २० रन बनाए भने अर्का ओपनर सेइल अजिजले २३ रन बनाए ।

    बलिङमा उत्तर प्रदेश-११ का राज यादवले तीनै विकेट लिए । जवाफमा उत्तर प्रदेश-११ ले पाँच ओभरमा चार विकेट गुमाउँदा ३० रनमा रोकियो । 

    उसका शुभंम चौधरीले सर्वाधिक  ११ तथा राज यादवले ६ रन बनाए । बलिङमा मलेसिया-११ का  बिरन्दिप सिंहले दुई विकेट लिए ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij