Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

सर्लाहीमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

सर्लाहीमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

  • 553
    SHARES
  • सर्लाहीमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

    सर्लाही । सर्लाहीको मलंगवा नगरपालिका-१२ मा आइतबार बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको कविलासी नगरपालिका-९ बस्ने ५८ वर्षीय शंकर राय रहेका छन् । 

    बसको ठक्करबाट गम्भीर घाइते भएका रायको उपचारको क्रममा प्रादेशिक अस्पताल मलंगवामा मृत्यु भएको प्रहरीले जनाएको छ । नवलपुरबाट मलंगवातर्फ जाँदै गरेको भारतिय नम्बरको मिनी बसले राय सवार साइकललाई आइतबार मध्यान्ह सवा १२ बजे ठक्कर दिएको थियो  । बस चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij