वेबटिभी खबर
काठमाडौं । पाकिस्तानमा चिनियाँ राजदूतलाई लक्षित गरी बम विस्फोट भएको छ । मंगलबार एक होटलमा बम विस्फोट भएको हो ।
विस्फोटमा परी चार जनाको मृत्यु भएको छ, ११ जना घाइते भएका छन् । पाकिस्तानका लागि चिनियाँ राजदूत नोङ रोङलाई लक्षित गरी क्वेटा सहरस्थित मशहुर सेरेना होटेलमा बम विस्फोटन भएको बिबिसीले जनाएको छ ।
बिबिसीकाअनुसार सेरेना होटलको कार पार्किङ गर्ने ठाउँमा आक्रमण भएको थियो । तर, राजदूत अफगानिस्तानको सिमानामा नजिक रहेको बलुचिस्तान प्रान्तको राजधानी क्वेटामा रहेको थाहा भएको छ ।
विस्फोटका बेला उनी घटना भएको क्षेत्रमा थिएनन् । बलूच पृथकतावादी सशस्त्र समूहले बम विस्फोट गएको हो ।
यद्यपि, घटनाको जिम्मेवारी पाकिस्तानी तालिवानले लिएको छ । पाकिस्तानका गृहमन्त्री शेख राशिद अहमदले कारमा विस्फोटक भरेर होटलमा विस्फोट गराएको पाइएको जानकारी दिएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij