Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

९ दिन लामो बिस्केट जात्रा आज सकिँदै

९ दिन लामो बिस्केट जात्रा आज सकिँदै

  • 459
    SHARES
  • ९ दिन लामो बिस्केट जात्रा आज सकिँदै

    काठमाडौं ।  चैत २७ गते भैरवनाथको रथरथ तानेर सुरु भएको ९ दिन लामो बिस्केट जात्रा सोमबार (आज) सकिँदै छ । जात्राको अन्तिम दिन आज साँझ भक्तपुरको गहिटीमा रहेको भैरबनाथको रथ तानेपछि जात्रा समापन हुनेछ ।

    भैरवनाथको रथलाई डोरीको सहायताले तानिन्छ । परम्पराअनुसार रथलाई दुई साइडबाट तानिन्छ । जात्राको अन्तिम दिनलाई ‘द्यो थाहा बिज्याइगु’ अर्थात् देवतामाथि सवारी हुने भनिन्छ । यस दिन भैरवनाथको रथलाई नगरको माथिल्लो टोल अर्थात थनेतिर लानुपर्ने परम्परा छ । भक्तपुरको टौमढी क्षेत्रलाई नगरको मध्य भाग मानिन्छ ।

    रथ तानिसकेपछि पाँचतल्ले मन्दिर अगाडि पुयाएर जात्रा सकिन्छ । जात्रा सकेपछि रथलाई पाँचतल्ले मन्दिरको पछाडि सुरक्षित राखिन्छ । अर्को वर्ष यही काठ प्रयोग गरी रथ बनाइन्छ । प्रत्येक नयाँ वर्ष आगमनको चार दिन अगाडि र चार दिन पछाडि अर्थात् ५ वैशाखसम्म जात्रा मनाइन्छ ।

    भैरवनाथको रथ काठैकाठबाट प्यागोडा शैलीमा बनाइएको तीन तल्ले हुन्छ । यसमा चार वटा काठकै पांग्रा हुन्छन् । जात्राको पहिलो दिन रथलाई नगरको तल्लो साइटको टोलतिर लाने भएकोले सो साइटमा ६ वटा र अर्को साइटमा चार वटा मात्रै डोरी राखिने गरिन्छ ।

    इतिहास एवं संस्कृतिविद् डा.पुरुषोतमलोचन श्रेष्ठका अनुसार भक्तपुरको बिस्केट जात्रा पूर्वमध्यकालतिर (तीन सय वर्षभन्दा अघि) राष्ट्रिय पर्वकै रूपमा मनाइन्थ्यो । तत्कालीन भक्तपुर राज्य समग्र नेपालको राजधानी नगरको रूपमा रहेको समयमा यो राष्ट्रिय पर्वकै रूपमा मनाइने गरेको उनले बताए ।

    तर मल्लकालीन भक्तपुर राज्यको पतनपछि यो एक जिल्लाको स्थानीय जात्राको रूपमा मात्र सीमित भएको उनको भनाइ छ । भक्तपुरको बिस्केट जात्राको मुख्य आकर्षण ५५ हात लामो लिंगो उठाउनु, ढाल्नु र रथ तान्नु हो । सोमबार दिउँसो नै हात नभएको ल्योसिंद्य (लिंगो) ढालिएको छ ।

    प्रत्येक वर्ष पोटरी स्क्वायरमा जात्राको पहिलो दिन २७ चैत बिहान उठाइने ल्योसिंद्य जात्राको अन्तिम दिन ५ वैशाख दिउँसो ढाल्ने परम्परा छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij