Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण

अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण

  • 516
    SHARES
  • अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण

    अर्घाखाँची । अर्घाखाँची दिगो विकास केन्द्रले अर्घाखाँची अस्पताललाई विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । डा.जयबहादुर टण्डन र डा.मुक्ति श्रेष्ठको पहलमा केन्द्रले अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर मेसिन प्रदान गरेको हो ।

    जिल्ला अस्पतालमा एक कार्यक्रमबीच पिपिई सेट, मास्क, आइग्लास, स्यानिटाइजर, फेसशिल्ड, गगल्स, ओटीगन लगायत स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।

    सामग्री हस्तान्तरण कार्यक्रममा डा.टण्डन, डा.श्रेष्ठ, कांग्रेस जिल्ला सभापति केशव श्रेष्ठ, अर्घाखाँची अस्पताल विकास समितिका अध्यक्ष कृष्ण खनाल, प्रमुख डा.राजेन्द्र जिसी, डा.राजेन्द्र श्रेष्ठ, सन्धिखर्क नगरपालिका-३ का वडाध्यक्ष लीलाराम गौतमलगायत सहभागी थिए ।

    यसअघि सो संस्थाले जिल्लाका विभिन्न १५ स्वास्थ्य संस्थालाई सामग्री प्रदान गरेको थियो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij