Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

स्थानीय तह निर्वाचन: एक लाख ३६ हजार २६९ को उम्मेदवारी, कुन पदमा कति ?

स्थानीय तह निर्वाचन: एक लाख ३६ हजार २६९ को उम्मेदवारी, कुन पदमा कति ?

  • 463
    SHARES
  • स्थानीय तह निर्वाचन: एक लाख ३६ हजार २६९ को उम्मेदवारी, कुन पदमा कति ?

    काठमाडौं । स्थानीय तह निर्वाचनमा ७५३ वटै पालिकामा १ लाख ३६ हजार २६९ उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । 

    निर्वाचन आयोगले मंगलबार बिहान सार्वजनिक गरेको विवरण अनुसार आइतबार र सोमबार गरी यो संख्यामा उम्मेदवारी दर्ता भएको हो ।

    यो राजनीतिक दल र स्वतन्त्र उम्मेदवारको संख्या हो । 

    स्थानीय तहमा ३० वैशाखमा ३५ हजार २ सय २१ जनप्रतिनिधिका लागि चुनाव हुँदैछ । २०७४ को स्थानीय तहको चुनावमा १ लाख ५१ हजार १ सय ९० जनाले उम्मेदवारी दिएका थिए ।

    कुन पदमा कति उम्मेदवार ?

    मेयर : ३ हजार २६१

    अध्यक्ष : ३ हजार २५४

    उपमेयर :  २ हजार ३

    उपाध्यक्ष : २ हजार २९२

    वडाध्यक्ष : ३२ हजार ५९

    महिला सदस्य : २३ हजार ३ सय ७५

    दलित महिला सदस्य : २१ हजार ११५

    सदस्य :  ४८ हजार ९१०

    आज उम्मेदवारको विरोधमा उजुरी दिन आयोगले भनेको छ । १४ र १५ वैशाखमा मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गरी उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका तय गरेको छ ।

    १६ वैशाखमा उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा १७ वैशाखमा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने आयोगको कार्यतालिका छ । 

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij