Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

आजदेखि पशुपतिनाथ मन्दिर बन्द

आजदेखि पशुपतिनाथ मन्दिर बन्द

  • 927
    SHARES
  • आजदेखि पशुपतिनाथ मन्दिर बन्द

    काठमाडौं । नेपामा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि आज शुक्रबारदेखि पशुपतिनाथ, गुह्येश्वरीलगायत पशुपति क्षेत्रका मन्दिर बन्द गरिएको छ ।

    कोषले जारी गरेको सूचनाअनुसार पशुपति क्षेत्रका मठ मन्दिरमा नित्य पूजाबाहेक अरु सबै क्रियाकलाप गर्न निषेध गरिएको छ ।

    गत वर्ष पनि लकडाउनमा नौ महिनासम्म पशुपतिनाथ, गुह्येश्वरीलगायत मठमन्दिर भक्तजनका लागि बन्द गरिएको थियो ।

    पशुपतिनाथ, गुह्येश्वरीलगायत मन्दिरमा नित्य पूजा भने निरन्तर जारी रहने पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा.मिलनकुमार थापाले जानकारी दिएका छन् ।

    मन्दिर बन्द गरिएसँगै पशुपति क्षेत्रको घाट सेवामा पनि सरकारले तोकेको मापदण्डभन्दा बढी मानिस उपस्थित नहुन कोषले आह्वान गरेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij