वेबटिभी खबर
एजेन्सी । रूसले तेस्रो विश्व युद्धको वास्तविक खतरा रहेको चेतावनी दिएको छ । अमेरिकाले रूसी सेनासँग लड्न युक्रेनमा तोपखाना पठाउने घोषणा गरेपछि रूसी विदेशमन्त्री सर्गेई लाभरोभले यस्तो चेतावनी दिएका हुन् ।
विदेशमन्त्री लाभरोभले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की नेतृत्वको सरकारले वार्ताको नाटक गरेको आरोपसमेत लगाएका छन् । लाभरोभले तेस्रो विश्वयुद्धको खतरा ‘वास्तविक’ रूपमा बढेकाे चेतावनी दिँदै जोखिम रहेकाे बताए । उनले भने,‘यो वास्तविक हो । यसलाई नजरअन्दाज गर्न मिल्दैन ।’
वार्ताबाट युक्रेन संकट समाधान हुने संकेत गर्दै उनले सम्झौतामा हस्ताक्षर गरेसँगै हरेक समस्याकाे समाधान हुने बताए । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेन र रक्षामन्त्री लोयड अस्टिनले युक्रेनको भ्रमण गरिरहेका बेला लाभरोभले उक्त चेतावनी दिएका हुन् । भ्रमणका क्रममा उनीहरूले युक्रेनलाई अझै बढी हतियार उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij