Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

दुई पालिकालाई एम्बुलेन्स हस्तान्तरण

दुई पालिकालाई एम्बुलेन्स हस्तान्तरण

  • 732
    SHARES
  • दुई पालिकालाई एम्बुलेन्स हस्तान्तरण

    काठमाडौं । ओम आदि फाउन्डेसनले दुई पालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । फाउन्डेसनले झापाको कमल गाउँपालिका र बैतडीको सुर्नया गाउँपालिकाको रौलेश्वर स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरेको हो ।

    बालयोगी गुरु आदित्यको सदिच्छाबमोजिम सेवा मूलक काम गर्न गत वर्ष वैशाखको कोरोना संक्रमण सुरु भएदेखि आदित्य जनहित कल्याण कोष स्थापना भएको थियो । कोषले यस वर्ष दुई एम्बुलेन्स हस्तान्तरण गरेको फाउन्डेसनका महासचिव भोलानाथ रेग्मीले जानकारी दिए ।

    कोषमा बाल योगी आदित्यका शिष्यले इच्छाबमोजिम सहयोग जम्मा गर्ने व्यवस्था मिलाइएको छ । काेषमा इच्छा लाग्नेले जम्मा गर्नसक्ने व्यवस्था मिलाइएको उनले बताए ।

    काेषमा जम्मा भएकाे रकमबाट देशको पूर्व र पश्चिमका दुई दुर्गम गाउँपालिकाका स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरिएको हो । फाउन्डेशनले गत वर्ष वैशाखमा कोरोना तीव्ररूपमा फैलिएको समयमा देशका विभिन्न जिल्लामा औषधि, अक्सिजनसहित खाद्यान्न सहयोग गरेको थियो ।

    कोरोना संक्रमण उच्च भएर मानिस छटपटाउन थालेपछि बाल गुरु आदित्यको इच्छाबमोजिम कोष स्थापना गरेर स्वेच्छिकरूपमा जम्मा भएको रकमबाट सेवा गरिँदै आएको जनाइएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij