Logo

२०८०, चैत्र ६ गते मंगलवार

२०८०, चैत्र ६ गते मंगलवार

 टिप्पणी : अब्बल र योग्य परीक्षार्थी पनि परीक्षा प्रणालीका कारण असफल, अब के गर्ने ?

 टिप्पणी : अब्बल र योग्य परीक्षार्थी पनि परीक्षा प्रणालीका कारण असफल, अब के गर्ने ?

  • 8.4K
    SHARES
  •  टिप्पणी : अब्बल र योग्य परीक्षार्थी पनि परीक्षा प्रणालीका कारण असफल, अब के गर्ने ?

    शिक्षाविद्ले शिक्षक सेवाको परीक्षामा नाम निकाल्न नसक्नु परीक्षार्थी कै कमजोरी भएको कुरा केही हदसम्म सही नै हो । तर यसमा पूर्ण सत्यता छैन । अब्बल र योग्य परीक्षार्थी पनि परीक्षा प्रणालीका कारण असफल भएका छन् ।

    images

    जस्तोकी ओएमआर मेसिनमा उत्तरपुस्तिका परीक्षण हुँदा सामान्य त्रुटिका कारण, मेसिनले रिड नगरेका कारण पनि योग्य व्यक्तिपछि परेका छन् ।

    यस प्रविधिमा निपूर्ण बनाउनका लागि परीक्षा अगावै उत्तरपुस्तिकाको नमूना सेट पठाउने र सर्वसुलभ तवरले प्राप्त हुनुपर्छ । परीक्षामा मानवीय त्रुटि हुन सक्छ, परीक्षामा त्रुटिका कारण बिग्रिएको उत्तर पुस्तिकाको सट्टा अर्को दिने गर्नुपर्छ ।

    खासगरी दृष्टिविहीनहरूको उत्तर पुस्तिका मेनुअल (मेसिन बाहेक विज्ञबाट) परीक्षण गराउने गर्नुपर्छ । उनीहरूसँग क्षमता छ तर सहयोगी लेखकमा भर पर्नुपर्दा उसले अञ्जानमा वा जानाजान गलत गर्ने र त्यसको परिणामस्वरूप असफल हुने समस्या छ । 

    शिक्षक सेवा आयोगले आफ्नो पाठ्यक्रम र विशिष्टिकृत तालिकालाई ध्यान दिएर प्रश्नपत्र तयार गर्नुपर्छ । दृष्टिविहीन परीक्षार्थीको उत्तर पुस्तिका पहिचानका लागि छुट्टै खाममा राखेर परीक्षण गरियो भने मात्र न्यायोचित हुन्छ ।

    मुख्यरूपमा चाहिएको प्रश्नको जवाफ हो त्यो नहेरेर जन्ममिति बिग्रेको, रोल नम्वर गोलो लगाउन बिग्रेको आदिमा अल्झिएर योग्यलाई पनि अयोग्य बनाउने काम आयोगको परीक्षा प्रणालीले गरेको छ ।

    समयमा नै यी र यस्ता विषयलाई सुधार्दै परीक्षा लिनुपर्छ । कसैको उमेरको हद सकिँदैछ । यस्ता सानातिना समस्यागत विषयलाई दृष्टिगत गर्दै काम गरेमा वास्तविक र योग्य उमेदवारले पनि न्याय पाउने छन् र आयेगप्रति विश्वसनीयता बढेर शाख उच्च हुने छ । देशले योग्य जनशक्ति पाउने छ ।

    शिक्षाविद् भन्छन्– शिक्षक सेवाको परीक्षामा नाम निकाल्न नसक्नु परीक्षार्थी कै कमजोरी शिक्षाविद् भन्छन्– शिक्षक सेवाको परीक्षामा नाम निकाल्न नसक्नु परीक्षार्थी कै कमजोरी

    किन खस्कियो शिक्षक परीक्षाफल ? किन खस्कियो शिक्षक परीक्षाफल ?

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology