Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

मोटरसाइकलकाे ठक्करबाट साइकल यात्रीको मृत्यु

मोटरसाइकलकाे ठक्करबाट साइकल यात्रीको मृत्यु

  • 382
    SHARES
  • मोटरसाइकलकाे ठक्करबाट साइकल यात्रीको मृत्यु

    काठमाडौं । सप्तरीको छिन्नमस्ता गाउँपालिका-१ स्थित राजबिराज-तिलाठी सडकखण्डमा दुर्घटना हुँदा घाइते भएका साइकलयात्रीको मृत्यु भएको छ ।

    तिलाठीबाट राजबिराजतर्फ आउँदै गरेको को १७ प ८५६३ नम्बरको मोटरसाइकलले विपरीत दिशातर्फ जाँदै गरेको साइकललाई ठक्कर दिँदा घाइते साइकलयात्री तिलाठी कोइलाडी गाउँपालिका-१ का ४३ वर्षीय सतिषकुमार यादवको बिहीबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

    परीक्षणका लागि शवलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ । ठक्कर दिने मोटरसाइकल चालक छिन्नमस्ता गाउँपालिका-१ का २० वर्षीय शंकर भनिने इन्द्रजीतकुमार यादव गम्भीर घाइते भएका छन् ।

    घाइतेलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij