Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

शनिबार बुटवल जाँदै प्रधानमन्त्री देउवा

शनिबार बुटवल जाँदै प्रधानमन्त्री देउवा

  • 420
    SHARES
  • शनिबार बुटवल जाँदै प्रधानमन्त्री देउवा

    काठमाडौं । नेपाली कांग्रेसका पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा शनिबार बुटवल जाने भएका छन् । यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनको प्रचारप्रसार कार्यक्रमअन्तर्गत पाँच दलीय गठबन्धनले शनिबार बुटवलमा आयोजना गरेका कार्यक्रमलाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा बुटवल जान लागेका हुन् ।

    नेपाली कांग्रेस रूपन्देही क्षेत्र नम्बर २ का सचिव प्रजापाल गिरीकाअनुसार शनिबार बिहान १० बजे बुटवलको देवीनगर चौपारीमा आयोजना हुने चुनावी सभामा प्रधानमन्त्री देउवालगायत गठबन्धन दलका नेताले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

    निर्वाचनमा गठबन्धनलाई एकताबद्ध बनाउन र कार्यकर्तालाई उत्साहित बनाउन सबै दलका नेताले सम्बोधन गर्ने गरी कार्यक्रम तय गरिएको उनले बताए ।

    कार्यक्रममा प्रधानमन्त्री देउवा, गृहमन्त्री बालकृष्ण खाण, पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तथा महामन्त्री गगनकुमार थापा, नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य एवम् लुम्बिनी प्रदेश इञ्चार्ज चक्रपाणि खनाल ‘बलदेव’लगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij