वेबटिभी खबर
गोरखा । गोरखामा कुल मतदाता मध्ये ६६.४५ प्रतिशतले मात्रै मतदान गरेका छन् । ११ वटा स्थानीय तह रहेको गोरखामा ३११ मतदान केन्द्र र २१५ वटा मतदान स्थल रहेको थियो ।
निर्वाचन कार्यालय गोरखाका सूचना अधिकारी रविलाल सुवेदीका अनुसार जिल्ला भर दुई लाख १८ हजार ५६३ मतदाता मध्ये करिब ६६।४५ प्रतिशतले मात्रै मतदान गरेका छन् ।
‘सबै पालिकाबाट प्राप्त डाटा अनुसार जिल्ला भर करिब ६६ प्रतिशतले मतदान गरेको भन्ने छ । जिल्लाभर भएका मतदाता मध्ये एक लाख ४५ हजार २४२ जनाले मात्रै मतदान गरेको भन्ने डाटा आएको छ’, उनले भने ।
विगतको वर्षमा भन्दा यसपालिको चुनावमा मतदान गर्नेहरुका संङ्ख्या कम छ । ‘भौगालिक बिकटताले गर्दा मतदान केन्द्रमा जान नसक्दा, वैदेशिक रोजगारिमा हुँदा, स्वदेशमा नै हुँदा पनि विभिन्न पेशा, ब्यवसायले गर्दा समय नमिल्दा मतदान गर्नेहरुको संख्या अहि कम भएको हो’, सुवेदीले भने ।
कार्यालयले उपलब्ध गराएको तथ्याङक अनुसार अरिकोट गाउँपालिकामा १२ हजार ५९३ मतदाता मध्ये ८ हजार १३९ मात्रै मत खसेको छ । आरुघाटमा १८ हजार ६७६ मध्ये १२ हजार ५०४, गण्डकीमा १८ हजार ५३१ मध्ये १३ हजार १९०, गोरखा नगरपालिकामा ३५ हजार ०३१ मध्ये २४ हजार ६०९, चुमनुब्रीमा ५ हजार १०२ मध्ये ३ हजार ३३५, धार्चेमा १० हजार ८८६ मध्ये ८ हजार ०७४, बारपाक सुलिकोटमा २० हजार ४९२ मध्ये १३ हजार ०९३, पालुङटार नगरपालिकामा ३२ हजार ५९६ मध्ये २१ हजार ०१९ मत खसेको छ ।
यस्तै, भिमसेन थापामा १९ हजार ७२२ मतदाता मध्ये १२ हजार ७७१ मत, शहिदलखनमा २३ हजार ६१७ मध्ये १५ हजार ३४५ र सिरानचोकमा २१३१८ मध्ये १२ हजार १९८ मत खसेको कार्यालयले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij