Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

कोरोना संक्रमितलाई अक्षयको सहयोग 

कोरोना संक्रमितलाई अक्षयको सहयोग 

  • 976
    SHARES
  • कोरोना संक्रमितलाई अक्षयको सहयोग 

    मुम्बई । सुपरस्टार अक्षयकुमार कोरोना भाइरस संक्रमितको सहयोगका लागि एक करोड भारु सहयोग गरेका छन् । क्रिकेटर गौतम गम्भीरको फाउन्डेशनलाई उनले उक्त सहयोग रकम दिएका हुन् । 

    गौतमले शनिबार अक्षयले दिएको सहयाग रकमबारे सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन् । ‘निराश समयमा हरेक सहयोग आशाका किरण बनेर आउँछन्, आवश्यक रहेका व्यक्तिलाई खाना, औषधि एवं अक्सिजन दिनका लागि गम्भीर फाउन्डेशनलाई एक करोड सहयोग गरेकोमा अक्षय कुमारलाई धन्यवाद’ गौतमले लेखेका छन् । 

    भारतमा कोरोना भाइरसको पहिलो लहर चलेको समयमा पनि अक्षय कुमारले पिएम केयर्स फन्डमा २५ करोड भारु सहयोग गरेका थिए । यसपछि बृहन्मुम्बई म्युनिसिपल कर्पोरेसनलाई पिपिई किन्न तीन करोड, मुम्बई प्रहरीलाई दुई करोडसहित मजदुर, फिल्म उद्योगका फोटोग्राफर्सलाई पनि आर्थिक सहायता प्रदान गरेका थिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij