Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

हिमा गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका शाही विजयी

हिमा गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका शाही विजयी

  • 455
    SHARES
  • हिमा गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका शाही विजयी

    जुम्ला । हिमा गाउँपालिकाको अध्यक्षमा  नेपाली कांग्रेसका लक्ष्मण शाही विजयी भएका छन् । नेकपा माओवादी केन्द्रका अमरजंग शाहीलाई पराजित गर्दै लक्ष्मण शाही विजयी भएका हुन् ।

    लक्ष्मण शाही एक हजार आठ सय ७२ मत ल्याएर विजयी भएका हुन् भने उनका  प्रतिद्धन्द्धी माओवादी केन्द्रका अम्मराज शाहीले एक हजार चार सय २३ मत ल्याएका थिए । उपाध्यक्षमा पनि नेपाली कांग्रेसकी सुर्पना शाही विजयी भएकी छिन् । उनले एक हजार पाँच सय १८ मत ल्याएकी छन् भने उनको प्रतिद्धन्द्धी नेकपा माओवादी केन्द्रकी कल्पना दमाईले एक हजार चार सय ८९ मत ल्याएकी हुन् । 

    विजयी शाही नेपाली कांग्रेसका जिल्ला पाटी सचिव हुन् । २०७४ सालमा लक्ष्मण शाही झिनो मतले गाउँपालिका अध्यक्षमा पराजित भएका थिए । लक्ष्मण शाही लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिकमा सक्रिय थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij