Logo

२०८३, मंसिर ५ गते शुक्रवार

२०८३, मंसिर ५ गते शुक्रवार

विभिन्न सवारी दुर्घटनामा ४ जनाको मृत्यु

विभिन्न सवारी दुर्घटनामा ४ जनाको मृत्यु

  • 441
    SHARES
  • विभिन्न सवारी दुर्घटनामा ४ जनाको मृत्यु

    काठमाडौं । झापा, मोरङ, दाङ र कञ्चनपुरमा भएको सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । झापाको बिर्तामोड नगरपालिका-२ रामचोकमा प्रदेश १-०१-००१ ख ३५९४ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा सोही नगरपालिका-४ बस्ने ५२ वर्षीय टंक काफ्ले रहेका छन् । उनको बिहीबार मृत्यु भएको हो । मोरङको सुनवर्षी नगरपालिका-६ मा को २ त १४३७ नम्बरको ट्रयाक्टर बिहीबार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा ट्रयाक्टरमा सवार सोही नगरपालिका-५ बस्ने ४५ वर्षीय राजकुमार सरदार रहेका छन् । दाङको तुलसीपुर उपमहानगरपालिका-४ हरनेटीमा रा १ प ८६७९ नम्बरको मोटरसाइकल रा १ क ५६५ नम्बरको टिपरमा बिहीबार ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा मोटरसाइकल चालक सल्यान कपुरकोट गाउँपालिका-३ बस्ने २० वर्षीय आकाश सेन रहेका छन् । कञ्चनपुरको भिमदत्त नगरपालिका-५ तिनतारामा म २ प ८०२४ नम्बरको मोटरसाइकललाई म २ प २७६ नम्बरको मोटरसाइकलले बिहीबार राति ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा म २ प ८०२४  नम्बरको मोटरसाइकल चालक सोही नगरपालिका-१० बस्ने ३८ वर्षीय बिरेन्द्र चन्द रहेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij