वेबटिभी खबर
हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको प्रमुखमा गठबन्धनका उम्मदेवार नेकपा एकीकृत समाजवादीकी मीना लामाले २३ हजार ७५ मत प्राप्त गरी विजयी भएकी छिन् ।
उनका निकटतम प्रतिद्वन्द्वी एमालेका अनन्त पौडेलले २० हजार ९०८ मत प्राप्त गरेका छन् । निर्वाचन कार्यालय हेटौंडाका अनुसार राप्रपाका दीपकबहादुर सिंहले २० हजार ५३१ प्राप्त गरे ।
यस्तै, उपप्रमुखमा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका राजेश बानियाँले ३२ हजार ५९३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी सुमित्रा काफ्लेले २३ हजार ९०९ मत प्राप्त गरेकी छिन् । राप्रपाकी इन्दिरा न्यौपानेले ५ हजार ४८६ मत प्राप्त गरिन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij