वेबटिभी खबर
कैलाली । कैलालीको जानकी गाउँपालिकाको अध्यक्षमा गणेश चौधरी विजयी भएका छन् । नागरिक उन्मुक्ति पार्टीबाट गाउँपालिकाको अध्यक्षमा निर्वाचित चौधरीले ७ हजार १५१ मत प्राप्त गरी विजयी भएका हुन् ।
उनका प्रतिद्वन्द्वी सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका परशुराम महतोले ५ हजार २४२ मत तथा नेकपा (एमाले)का टंकबहादुर बमले ४ हजार २४१ मत प्राप्त गरेका छन् ।
यस्तै, उपाध्यक्षमा नागरिक उन्मुक्ति पार्टीकै लालमती देवी कठरिया ६ हजार ५२६ मतसहित निर्वाचित भएकी छिन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेकी गीता चौधरीले ४ हजार ५ मत ल्याउँदा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का जयप्रकाश दहितले ४ हजार ५४८ मत प्राप्त गरे ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij