Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

धनुषाको मिथिला विहारी नगरपालिकाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा माओवादीका उम्मेदवार निर्वाचित

धनुषाको मिथिला विहारी नगरपालिकाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा माओवादीका उम्मेदवार निर्वाचित

  • 441
    SHARES
  • धनुषाको मिथिला विहारी नगरपालिकाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा माओवादीका उम्मेदवार निर्वाचित

    काठमाडौं । धनुषाको मिथिला विहारी नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा केकपा माओवादी केन्द्रले निर्वाचित भएका छन् । नेकपा एमालेका अनिलकुमार यादवलाई २१० मतान्तरले हराउँदै प्रमुखमा कांग्रेसका राजेन्द्रप्रसाद यादव निर्वाचित भएका हुन् ।

    राजेन्द्रले ४ हजार ३०४ मत प्राप्त गरी निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी पूर्व प्रमुखसमेत रहेका अनिलले ४ हजार ९४ मत प्राप्त गरेका छन् ।

    उपप्रमुखमा भने नेकपा माओवादीकी शोभादेवी साह निर्वाचित भएकी छिन् । साहले ३ हजार ३३० मत ल्याउँदा उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीकी अनिता कुमारीले २ हजार ७९७ मत प्राप्त गरेकी थिइन् ।

    सबैला नगरपालिकाको प्रमुख र उपप्रमुखमा माओवादी  सबैला नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा माओवादीका उम्मेदवार निर्वाचित भएका छन् । मतगणनाको अन्तिम नतिजाअनुसार माओवादीका कारिराम यादव प्रमुखमा र रहीमा खातुन उपप्रमुखमा निर्वाचित भएकी छिन् ।

    प्रमुखमा निर्वाचित यादवले ४ हजार २१२ मत गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जगत सुन्दर साहले ४ हजार ७६ मत प्राप्त गरेका छन् । उपप्रमुखमा माओवादीकी खातुनले ४ हजार ६९९ मतसहित निर्वाचित भएकी छिन । उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी किरणकुमारी कापरले ३ हजार ६०४ मत प्राप्त गरेकी थिइन् ।

    त्यस्तै धनुषाको गणेशमान चारनाथ नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । मतगणनाको अन्तिम नतिजाअनुसार नेपाली कांग्रेसका जीतनारायण यादव प्रमुखमा र तुलसाकुमारी पाण्डे उपप्रमुखमा निर्वाचित भएका हुन् ।

    प्रमुखमा निर्वाचित यादवले ३ हजार १०८ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका रामचलितर यादवले २ हजार ७६० मत प्राप्त गरेका छन् ।

    यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसकी पाण्डेले तीन हजार २८३ मतसहित निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी, नेपालकी  गणिताकुमारी महतोले २ हजार ४२९ मत प्राप्त गरेकी छिन् ।

    धनुषाको हंसपुर नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । प्रमुखमा कांग्रेसका प्रदीप यादवले  ४ हजार ४०९ मत प्राप्त गरेर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी लोसपा पूर्वप्रमुख रामज्ञान मण्डलले ४ हजार ८१५ मत प्राप्त गरेका छन् ।

    उपप्रमुखमा पनि कांग्रेसकी दुर्गादेवी ४ हजार ४६५ मत ल्याएर निर्वाचित भएकी छिन् । निकटतम प्रतिद्वन्द्वी लोसपाकी दिपिका क्षेत्रीले २ हजार ९०३ मत प्राप्त गरेकी छिन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij