Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

कपिलवस्तुको विजयनगरमा पुनः एमालेकै नेतृत्व

कपिलवस्तुको विजयनगरमा पुनः एमालेकै नेतृत्व

  • 536
    SHARES
  • कपिलवस्तुको विजयनगरमा पुनः एमालेकै नेतृत्व

    कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा (एमाले)का उम्मेदवार निर्वाचित भएका छन् । अध्यक्षमा गोपाल थापा र उपाध्यक्षमा लक्ष्मीकुमारी थारू निर्वाचित भएका हुन् ।

    थापाले ५ हजार ८३८ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका जानकीप्रसाद यादवले ५ हजार ३३४ मत प्राप्त गरे । उपाध्यक्षमा निर्वाचित थारूले ४ हजार ९३० मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी जसपाकी गुञ्जेश्वरी कुर्मीले ४ हजार ८४९ मत प्राप्त गरिन् ।

    २०७४ को निर्वाचनमा पनि थापा र थारू निर्वाचित भएका थिए । यस गाउँपालिकामा एमालेले अध्यक्ष र उपाध्यक्षसहित ६ वटा वडा जितेको छ । ७ वटा वडा रहेको गाउँपालिकामा जसपाले एक वडाध्यक्ष जितेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij