Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

वीरगञ्ज महानगरमा गठबन्धनका उम्मेदवारको अग्रता कायमै

वीरगञ्ज महानगरमा गठबन्धनका उम्मेदवारको अग्रता कायमै

  • 393
    SHARES
  • वीरगञ्ज महानगरमा गठबन्धनका उम्मेदवारको अग्रता कायमै

    काठमाडौं । पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार प्रमुख पदमा गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टीका राजेशमान सिंहले निरन्तर अग्रता लिइरहेका छन् ।

    उनले पछिल्लाे मत परिणामअनुसार २८ हजार ३५२ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार विजयकुमार सरावगीले १४ हजार ७०५ मत प्राप्त गरेर उनलाई पछ्याईरहेका छन् ।

    यसैगरी उपप्रमुखमा पनि गठबन्धनकै उम्मेदवार नेपाली कांग्रेसका इम्तियाज आलमले १९ हजार ९०२ मत प्राप्त गरेर अग्रता कायम राखेका छन् । उनका प्रतिस्पर्धी लोसपाका पुरुषोत्तमलाल झाले ४ हजार ४२३ मतले पछ्याईरहेका छन् ।

    महानगरमा हालसम्म विभिन्न १५ वडाको मात्र मतगणना सम्पन्न भएको छ भने ३२ वटा वडा रहेको यस महानगरमा अन्य वडाको मत परिमाण आउन बाँकी छ । मतगणनाको  अन्तिम नतिजा आउन एक साता लाग्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    महानगरको नेतृत्वका लागि कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)ले चुनावी तालमेल  गरेका छन् भने एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले पनि चुनावी गठबन्धन गरेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij