वेबटिभी खबर
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा कांग्रेसले धेरै ठूलो सफलता हासिल गरेको दाबी गरेका छन् ।
सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै महतले उक्त दाबी गरेका हुन् । उनले भने, ‘समग्रमा यो निर्वाचनको परिणामलाई सन्तोषजनक रुपमा लिएका छौं । नेपाली कांग्रेस आफैले पनि यो निर्वाचनमा धेरै ठूलो सफलता हासिल गरेको छ ।’
तालमेलसहित निर्वाचनको परिणाम हेर्ने हो भने सहयोगी दलहरुले पनि उल्लेख्य सफलता हासिल गरेको महशुस भएको उनको भनाइ छ । निर्वाचन स्वतन्त्र र निस्पक्ष ढंगले सम्पन्न भएको उनको दाबी छ । कांग्रेसको सरकार भएको बेला भयरहित, स्वतन्त्र र निश्पक्ष निर्वाचन हुने उनले दाबी गरे ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij