Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

अन्तरघात नभएको भए कांग्रेसले ४०० पालिका जित्थ्यो : महत 

अन्तरघात नभएको भए कांग्रेसले ४०० पालिका जित्थ्यो : महत 

  • 431
    SHARES
  • अन्तरघात नभएको भए कांग्रेसले ४०० पालिका जित्थ्यो : महत 

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेस भित्र अन्तरघात नभएको भए अझै बढी पालिकाको नतिजा कांग्रेसको पक्षमा आउने बताएका छन् ।

    सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै उनले अन्तरघातका कारण कांग्रेसले केही पालिका गुमाउनु परेको बताए ।

    उनले भने, ‘हाम्रो पार्टीमा अहिले पनि अन्तरघातको समस्या समाप्त भएको छैन । यदि हाम्रो पार्टीमा अन्तरघात नभइदिएको भए यति मात्र होइन ४०० को नजिक जित संख्या पुयाउँथ्यौ भन्ने हाम्रो अनुमान छ ।’

    पत्रकार सम्मेलनमा बोल्दै देशका ७५३ वटा पालिकामध्ये ३२१ वटाको प्रमुख तथा अध्यक्षमा कांग्रेसका उम्मेदवार निर्वाचित भएको उनले बताए । उनले भने, ‘सबै पालिकाको नतिजा आएपछि पार्टीले बैठक बसी समिक्षा गर्ला । यद्यपी नतिजा सकारात्मक छ ।’

    निर्वाचनको परिणामले गठबन्धनमा रहेका दलहरूबीच विश्वासको आधार मजबुत बनाएको उनको दाबी छ । गबन्धन नगरी एक्लै लडेका स्थानमा पनि कांग्रेसले व्यापक सफलता प्राप्त गरेको उनले बताए । नगरपालिकाहरूमा झण्डै ५० प्रतिशत हाराहारीमा कांग्रेसले जित हासिल गरेको उनको भनाइ छ ।

     

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij