वेबटिभी खबर
काठमाडौं । काठमाडौं महानगरपालिका मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले ५० हजारबढी मत प्राप्त गरेका छन् । मतगणना सुरु भएदेखि नै अग्रता लिएका साहले पछिल्लो सार्वजनिक मतपरिणामअनुसार ५० हजार ३० मत प्राप्त गरेका छन् ।
त्यस्तै साहसँग प्रतिस्पर्धी गरिरहेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले भने ३० हजार ६७६ मत प्राप्त गरेकी छिन् । साह र सिंहबीचको मतान्तर संख्या १९ हजार २६३ रहेको छ ।
त्यस्तै नेकपा एमालेबाट मेयरमा उम्मेदवारी दिएका केशव स्थापित तेस्रो स्थानमा छन् । उनले ३० हजार १५ मत प्राप्त गरेर सिंह र साहलाई पछ्याई रहेका छन् । उपमेयरमा भने नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोल निकै फराकिलो मतान्तरका साथ अग्रस्थानमा छिन् ।
डंगोलले ४६ हजार ३४७ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवार रामेश्वर श्रेष्ठले १६ हजार २८३ मत प्राप्त गरेका छन् । काठमाडाैं महानगरपालिकामा १ लाख ९१ हजार ५५ मत खसेकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ । हालसम्म १ लाख ५३ हजार मत गणना सम्पन्न भएकाे अधिकृतकाे कार्यालयले जनाएकाे छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij