वेबटिभी खबर
सिरहा । सिरहाको गोलबजार नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । आज बिहान सम्पन्नकाे अन्तिम मत परिणामअनुसार प्रमुखमा श्यामकुमार श्रेष्ठ र उपप्रमुखमा मान्ती साह विजयी भएका हुन् ।
श्रेष्ठले ७ हजार ९०८ मत प्राप्त गरेर निर्वाचित हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का उम्मेदवार देवनाथ साहले ५ हजार ७०१ मत प्राप्त गरे । उपप्रमुखमा निर्वाचित साहले ७ हजार ७०३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार रेशमकुमारी थापाले ५ हजार ६४३ मत प्राप्त गरिन् ।
कूल १३ वडा रहेको गोलबजारको ६ वडामा एमाले, ३ वडामा नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी दुई/दुई वडामा विजयी भएका छन् । यससँगै सिरहाको १७ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको हो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij