वेबटिभी खबर
चितवन । गणतन्त्र दिवसको अवसरमा कारागार कार्यालय भरतपुरमा रहेका १८ कैदीले आममाफी पाएका छन् । १५ पुरूष र ३ महिलाले आममाफी पाएका हुन् ।
कार्यालयका प्रमुख कमलप्रसाद आचार्यका अनुसार आममाफी पाउनेमा सवारी ज्यान मुद्दाका ४, कर्तव्य ज्यान मुद्दाका ५, चोरी मुद्दाका ५ र बहुविवाहका ४ रहेका छन् । उनीहरूमध्ये १५ जना ५० प्रतिशत कैद भुक्तान गरेका र ३ जना ४० प्रतिशत कैद भुक्तान गरेका रहेका छन् ।
आचार्यका अनुसार असल चालचलन भएकालाई आममाफीका लागि सिफारिस गर्ने गरिन्छ । विभिन्न अवसर पारेर गरिने सिफारिसमा राष्ट्रपतिमार्फत आममाफी दिने प्रचलन रहेको छ ।
यस कारागारमा दुई आश्रित बालिकासहित ७४१ कैदी बन्दी छन् । २५५ को क्षमता रहेको पुरूष बन्दी गृहमा हाल ६८७ र २५ को क्षमता रहेको महिला बन्दी गृहमा ५२ रहेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij