वेबटिभी खबर
काठमाडौं । च्याम्पियन्स लिग फुटबलअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा रियल मड्रिड र चेल्सी बराबरीमा रोकिएका छन् ।
मंगलबार राति भएको खेलमा स्पेनिस क्लब रियल र इंग्लिस क्लब चेल्सीले १-१ गोलको बराबरी खेलेका हुन् ।
खेलको १४औँ मिनेटमा क्रिस्टियन पुलिसिचले गोल गर्दै चेल्सीलाई १-० को अग्रता दिलाए पनि २९औँ मिनेटमा करिम बेन्जिमाले गोल गर्दै रियललाई १-१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि दुबै टोलीले थप गोल गर्न सकेन र खेल बराबरीमा सकियो । बराबरीसँगै दुबै टोलीको फाइनल पुग्ने सम्भावनालाई कायम राखेको छ । दोस्रो लेग मे ६ मा हुनेछ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij