Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

प्रहरीको लेक लागेर मृत्यु

प्रहरीको लेक लागेर मृत्यु

  • 444
    SHARES
  • प्रहरीको लेक लागेर मृत्यु

    सुर्खेत । यार्सा संकलन गर्नेहरूको सुरक्षामा खटिएका एक जना प्रहरीको लेक लागेर मृत्यु भएको छ ।

    मुगुको कर्मारोङ गाउँपालिका–२ ठुलीकोसी रिमारस्थितमा खटिएका प्रहरी सहायक हवल्दार राजबहादुर सिंहको उपचारका क्रममा मृत्यु भएको हो । 

    मंगलबार बिहानदेखि टाउको दुख्ने र स्वासप्रश्वासमा समस्या भएर सिंहलाई अन्य प्रहरीले उद्धार गरी सीमा प्रहरी चौकी मुगु ल्याएका थिए ।

    बुधबार बिहान हेलिकोप्टरमार्फत उद्धार गरि बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा ल्याइएकोमा उपचारको क्रममा बुधबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

    सहायक प्रहरी हवल्दार सिंहको घर बाँके कोहलपुर नगरपालिका–११ हो ।

    उनी ०६७ सालमा प्रहरी जवान पदमा भर्ना भई ०७७ सालदेखि जिल्ला प्रहरी कार्यालयमा कार्यरत थिए । सांकेतिक तस्बिर 
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij