Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

जिल्ला समन्वय समिति गठनका लागि निर्वाचन प्रक्रिया अगाडि बढाइदिन आग्रह

जिल्ला समन्वय समिति गठनका लागि निर्वाचन प्रक्रिया अगाडि बढाइदिन आग्रह

  • 429
    SHARES
  • जिल्ला समन्वय समिति गठनका लागि निर्वाचन प्रक्रिया अगाडि बढाइदिन आग्रह

    काठमाडौं । भक्तपुर जिल्लासभाको आज सम्पन्न पहिलो बैठकले जिल्ला समन्वय समिति गठनका लागि निर्वाचन प्रक्रिया अगाडि बढाइदिन आग्रह गरेको छ ।

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको बैठकले एक प्रमुख, एक उपप्रमुख, कम्तीमा तीन महिला र कम्तीमा एक दलित वा अल्पसंख्यकसहित बढीमा ९ सदस्य रहेको जिल्ला समन्वय समिति गठन गर्नुपर्ने संबैधानिक व्यवस्थाअनुरुप निर्वाचन प्रक्रिया अगाडि बढाइदिन मुख्य निर्वाचन अधिकृतको कार्यालय भक्तपुरलाई अनुरोध गर्ने निर्णय गरेको हो ।

    बैठकले वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनलाई स्वतन्त्र र निष्पक्षरुपमा सम्पन्न गर्न आ-आफ्नो क्षेत्रबाट सक्रिय भूमिका निर्वाह गर्ने मतदाता, राजनीतिक दल, निर्वाचन आयोग, निर्वाचनमा खटिएका सम्पूर्ण कर्मचारी, सञ्चारकर्मी, पर्यवेक्षकलगायतलाई धन्यवाद प्रस्ताव पारित थियो ।

    बैठकमा सूर्यविनायक नपाका प्रमुख वासुदेव थापा, चाँगुनारायण नपाका प्रमुख जीवन खत्री, मध्यपुरथिमी नपाका प्रमुख सुरेन्द्र श्रेष्ठ, भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, सूर्यविनायक नपाका उपप्रमुख सरिता भट्टराई र मध्यपुरथिमी नपाका उपप्रमुख विजयकृष्ण श्रेष्ठ र जिल्ला समन्वय अधिकारी जगन्नाथ लामिछानेको सहभागिता थियो ।

    जिल्लासभामा नगर प्रमुख र उपप्रमुख सदस्य रहने व्यवस्था छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij