Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

गुणस्तरीय सेवा उपलब्ध गराउँदै क्यान्सर अस्पताल

गुणस्तरीय सेवा उपलब्ध गराउँदै क्यान्सर अस्पताल

  • 692
    SHARES
  • गुणस्तरीय सेवा उपलब्ध गराउँदै क्यान्सर अस्पताल

    काठमाडौं । नेपाल क्यान्सर अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ ।

    अस्पतालको पाँचौं वार्षिकोत्सवको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा.बच्चुकैलाश कैनीले यस अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको बताए ।

    उनले बिरामीले अधिकतम लाभ लिन सकुन भनेर अस्पतालको सेवा र सुविधा अझै बढाइने जानकारी दिए । सो अस्पतालबाट चालु आर्थिक वर्षमा ७ हजार ९० नयाँ बिरामीले सेवा लिएका छन् ।

    त्यस्तै २६ हजार ६४० बिरामी पुन स्वास्थ्य परिक्षणमा आएका छन् । अस्पतालले कर्मचारीको प्रोत्साहनस्वरूप अस्पतालका सबै कर्मचारीलाई १ लाखको बीमा गर्नुका साथै १० लाखको दुर्घटना बीमाको योजना सुरु गरेको उनले बताए ।

    सोही अवसरमा अस्पतालको स्मारिका ‘आशा’ पत्रिका २०७९ को विमोचन पनि गरिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij