वेबटिभी खबर
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय सचिवालय बैठक शनिबार बस्दै छ । पार्टी उपाध्यक्ष जयन्ती राईले बैठक दिउँसो ३ बजेपछि पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा बस्ने जानकारी दिइन् ।
उनकाअनुसार बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा हुनेछ । गत ३० वैशाखमा भएको निर्वाचनको परिणामप्रति एकीकृत समाजवादी सन्तुष्ट छैन । पाँच दलीय गठबन्धनबीचको तालमेलमा नेपाली कांग्रेस र नेकपा ९माओवादी (केन्द्र)बाट धोका भएको पार्टी अध्यक्ष माधवकुमार नेपालले अभिव्यक्ति दिँदै आएका छन् ।
तर कांग्रेसमाओवादी धोका दिएको भन्ने स्वीकार्न तयार छैनन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij