वेबटिभी खबर
काठमाडौं । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन सिडिसीले मंगलबार खोपको पूरा डोज लगाइसकेका व्यक्तिहरु विना मास्क घरबाहिर निस्किन सक्ने निर्णय गरेको छ ।
मास्क नलगाई हिँड्ने अनुमति दिए पनि व्यक्तिहरु धेरै भीड गर्न भने रोक लगाइएको छ । यसभन्दा अगाडि इजरायलले पनि यस्तै नियम लागू गरेको थियो । त्यहाँ पनि खाेप लगाएका व्यक्तिले मास्क लगाउन नपर्ने नियम लागू गरिएकाे थियाे । इजरायलमा अहिलेसम्म ६० प्रतिशत जनसंख्याले काेराेनाविरूद्धकाे खोप लगाइसकेका छन् ।
सिडिसीका निर्देशक रोसेल भेलेनेस्कीले ह्वाइट हाउसमा गरेको एक प्रेस कन्फ्रेन्समा फाइजर मोडर्नाको दुई डोज र जोन्सन एन्ड जोन्सनको एक डोज खोप लगाइसकेका व्यक्तिले साथीभाइ भेट्न, मास्क नलगाइ बाहिर निस्किन पाउने बताएका हुन् ।
अमेरिकामा करिब ४२ प्रतिशत जनसंख्याले खोपको एक डोज लगाएका छन् भने ३० प्रतिशतले दुवै डोज लगाइसकेका छन् । मानिसहरुलाई केही राहत होस् भन्ने उद्देश्यले यस्तो नियम लागू गरिए पनि खोप लगाएका व्यक्तिहरु अझै सर्तक रहनुपर्ने सिडिसीले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij